Skip to content

अन्तिम ईच्छा


मृत्युको सामु जब म झुक्छु माथ होस् काखमा
नबगेस आँशु आँखामा तिम्रा नरोएस लाशमा

जीवन बित्यो हाँसी र खुशी साथ तिम्रो पाएर
जानु छ त्यागी दुई दिने जीवन माया जो लाएर

संसारको रीति सृष्टिको थिति यस्तै छ विधान
नरोकी हुन्न जीवनको यात्रा बुझाऊ है त्यो मन

म जाउँला छिट्टै बनाऊँला घर देश त्यो बिरानो
यी लाला बाला भो तिम्रै भर नमानेस पिरलो

आउने छौ भनी सम्झेर तिमी प्रतिक्षा गर्नेछु
बिस्तारै आउनु थात्-थन्को मिलाई म बाटो कुर्नेछु

हो प्रिया अब म मर्ने बेला माथ होस् काखमा
नबगेस आँशु आँखामा तिम्रा नरोएस लाशमा

First published in Majheri on : 2013-03-10 02:10:28 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *