Skip to content

नेताज्यूको मन्त्र

देशमा एउटै रोगी नभए डाक्टर के गर्थे/
शुशानले देश चले पत्रकार के गर्थे //
अपराधी र भ्रष्ट्रचारी लाई खै कहा समेट्ने
इ नभए न्यायाधिस र वकिल के गर्थे
हत्या हिसां पनि त चाहियो नि देशमा
यै नभए पुलिश प्रसासनको के गर्थे ।

डाक्टर रत्नपार्कमा बसेर भिख माग्थे की ।
पत्रकार समाचार नभेटेर भोकै मर्थेकी ।
न्याधिस वकिलको अध्यन के काम ।
पुलिस प्रशासन झिगां मारेर बस्थे की ।

त्यसैले
शुशासनको ठाउँमा कु जोडीदा नी
मेरो देश शुन्दर शान्त विशाल छ ।
सबैलाई समेट्ने लोकतन्त्र आको छ ।

त्यही भएर त,
हत्या, हिंसा, भ्रष्टार, रोगी, भोगी, प्रत्रकार
डाक्टर वकिल कुशासन
न्यायाधिश होसकी प्रशासन
सबै अटाको छ ।

लेखन मितिः सन् २०१०
– मनोज बोहरा
भक्तिपुर–७, सर्लाही
हालः काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *