Skip to content

पाँच मुक्तक (योग्यता)


१. योग्यता
स्कुल बिस्कुनझैँ छरिएको छ
क्याम्पस ‘टायम पास’ भएको छ
रोजगार बन्न चाउचाउ नै किन्नु परेपछि
योग्यता र दक्षता सबै धराशायी बनेको छ

२. पेवा
रगतले बेसाएर ल्याएको प्रजातन्त्र
मन्त्री, मन्त्रीपुत्र र मन्त्राणीको पेवा भो
कुराको चाङ् हौसिएर काम हराएपछि
राजनीति उल्टै जनताले नेतालाई गर्ने सेवा भो

३. एकता
ताप्लेजुङको घाउ दार्चुलालाई दुःख्नु पर्छ
रगतका मुहानहरू अब सबै सुक्नु पर्छ
घरझगडामा स्वार्थ र कमिसन मिसाउनेलाई
परिवारका सबै सदस्य मिलेर थुक्नु पर्छ

४. भाग
किसान सक्कली मलको माग गर्छ
व्यापारी नाफैनाफाको मात्र भाग गर्छ
सम्पन्नहरू छलेरै पनि काउली हसुर्छन् –
दरिद्रलाई त ओइलाएको साग पो भाग पर्छ

५. कुराको आरोहण
धान काट्नेभन्दा चेक काट्नेको कुरा ठूलो
चेक काट्नेभन्दा कमिसन बाँड्नेको कुरा ठूलो
कुरै कुराको आरोहण होडाजीमा –
कुरा काट्नेको हंकीडंकी नै सबैभन्दा ठूलो

पेशल आचार्य
टीकाथली–४, ललितपुर
हाल : उपप्राध्यापक, मन्थली क्याम्पस, मन्थली, रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *