“हरेस नखाऊ”
सुख-दु;ख आफ्नै सोचाइ हो
मन बुझाएर बाँच्न सिक्नु पर्छ,
रुनु त आफैलाई कम्जोर बनाउनु हो
आंशु लुकाएर हाँस्न सिक्नु पर्छ !
दु;ख नभए सुखको के महत्व रह्यो र
त्यसैले दुखमा पनि बाँच्न सिक्नु पर्छ,
आँशुको नि महत्व त्यस्तै हो
परेलीमा सजाएर हाँस्न सिक्नु पर्छ !!
पिर व्यथा मार्ग हो मानबको
त्यसमा टेकी अघि बढ्नु पर्छ,
खाना सक्छ धेरै बल्ड्यांग यहाँ
हरेस नखाई शिखर चढ्नु पर्छ !
खाना सक्छ धेरै बल्ड्यांग यहाँ
हरेस नखाई शिखर चढ्नु पर्छ ………….
राजेश रुम्बा लामा “अतृप्त”