सुखमा हाँस्न जाने पनि
दुःखमा रुन भुलिसकेँ
हाँसो सधैँ रुन्चे हाँसो बन्छ
यो मनले दुःखमा रुनु पर्दैन भन्छ
थाहा छैन मलाई त यो मन
किन यति कठोर बन्छ ।।
सुकेको छ गहमा आँशु
दुःखमा पनि बग्न सकेन
सधैँ दुःख खेपी रह्यो मनले
कहिल्यै सुख भन्न सकेन
मन त आखिर मन नै भयो
आँशु सबै सुकिगयो
सुख त मेरो हरायो–हरायो
हाँसो पनि कता गयो
सकियो अब सबै मेरो
बाँकि छ एउटै दुःखको धन
कस्ले बुझ्न सक्छर मलाई !
सुकेको आँशु दुखेको मन ।।
कस्ले बुझ्न सक्छर मलाई !
सुकेको आँशु दुखेको मन ।।……………..।।
पुस्कल पौडेल (–––प्रतिक)