रोउँ भन्छु डाको छोडी रुन सक्दिन
हाँसौ भन्छु धोको फुकाई हाँस्न सक्दिन,
दुई आत्माको मिलन हो माया प्रेम भन्नु
एक तर्फी माया डोरी बाट्न सक्दिन
बाचा कसम खाएकीथ्यौ झुटो माया लायौ
स्वार्थी तिम्रो मायामा मन साट्न सक्दिन
बिश्वासघातले कोमल मन छियाछिया भयो
निष्ठुरीको छायाँमा दिन काट्न सक्दिन
मिलन बिछोडको संगम रहेछ जीन्दगी
घरी घरी रुँदै हाँस्दै बाच्न सक्दिन ।