Skip to content

चारतिर बाँडिएको यौटा मुटु माया माग्छौ तिमी


चारतिर बाँडिएको यौटा मुटु माया माग्छौ तिमी
दिएर माया कतिञ्जेल साथमा रहन सक्छौं हामी?

तिमी विरहमा’छौ थाहा छ मेरो पीडा पनि कम छैन
मायाको इसारा नबुझ्ने निष्ठुरी त म पनि होइन

हाँसी दिन्छु तिम्रो सामु बड्बडाउँछु तिम्रो सामु
पिँजरा भित्र कैद छु फट्फटाउँछु तिम्रो सामु

तिम्रै साथमा हरदम रमाउने थियो रहर
तर भावनामा रुमल्लिएर काट्दै छु कहर

तिमीले यो निष्ठुरी’रहीछे भन्ने गर्यौ ठहर
तिमीलाई तिरस्कार गर्ने मेरो पनि होइन रहर

तिम्रो आफ्नै व्यथा मेरो आफ्नै व्यथा
यो मन छट्पटिएको तिमीलाई के थाहा?

1 thought on “चारतिर बाँडिएको यौटा मुटु माया माग्छौ तिमी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *