Skip to content

गजल- उ ज्यूदै मरेछ कठै विचरा

उ ज्यूदै मरेछ कठै विचरा ।।
फन्दामा परेछ कठै विचरा ।।

आफन्त ठानेको मान्छेलेनै
घात पो गरेछ कठै विचरा ।।

केहि दिन टाढा हुँदा बसाई
प्रेमीका सरेछ कठै विचरा ।।

उस्कै लागि विदेसिँदा आज
सिउँदो भरेछ कठै विचरा ।।

उस्को बाटै भरि भाग्यले
काडाँ छरेछ कठै विचरा ।।

कोपिलामै पिरतिको फूल
भुइमा झरेछ कठै विचरा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *