Skip to content

मोटर गयो गाउँ गाउँ


मोटर गयो गाउँ गाउँ घसेरीलाई चटारै छ
टेबुल बने कुर्सी बने मझेरीलाई चटारै छ

पुर्णिमा त घुम्दै घुम्दै पन्ध्र दिनमा आँउछ्
हजार जुन्किरी माझ अधेरीलाई चटारै छ

सँधैभरि कस्ले पो साथ दिन सक्छ र
बाटो लागे सुडेनी सुत्केरीलाई चटारै छ

जति कुरा गरे पनि देश दुख्या दुख्यै
बिदेशमा गुलाम बन्ने तन्नेरीलाई चटारै छ

सुझाबको हात थाप्दै

तोया नाथ पौडेल
सँखुवासभा, तामाफोक८
हाल मरुभूमिको छाती ‘साउदी अरब’बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *