Skip to content

वैरी नै तिमी भए पनि सकिन मेटाउन


हृदयको कुन कुनामा लुकायौ सकिन हटाउन
वैरी नै तिमी भए पनि सकिन मेटाउन
आँखाको तिमी छौ कुन गहिराईमा सकिन नाप्न
सम्बन्धको तिमी कुन साइनोमा छौ सकिन तोड्न

जलेको हृदयभित्र पनि तिमीलाई पाउदछु
गोरेटो ओज्दा तिम्रै पिरती माटोमा पाउदछु
कस्तो बनौ वरै तिमी हरपल तडपाउछौ
मायाको साइनो लाएर तिमीले मलाई रुवाउछौ

कसरी बिर्सौं मैले तिमी सकिन बिर्सन
ओटखेला हासन भनी सकिन हाँस्न
चोटमाथि चोट दिने त्यो सम्झना
आखैबाटै नहटने तिम्रो त्यो हृदयको तृष्णा

Leave a Reply

Your email address will not be published. Required fields are marked *