Skip to content

जिन्दगीमा नँया कदम उठाएछौ बधाई छ

  • by

जिन्दगीमा नँया कदम उठाएछौ बधाई छ
बालसखा प्रेम हाम्रो टुटाएछौ बधाई छ

जुन तारा दुई हामी नछुटिने बाचा थियो
नगासिने गरी नाता चुटाएछौ बधाई छ

म आगो हुदा कतै तिमी पानी बनि दिन्थ्यौ
सम्बन्ध त राम्रै थियो छुटाएछौ बधाई छ

मन माग्यौ मन दिएँ मुटु माग्यौ मुटु पनि
पिरतीका सबै चिनो फुटाएछौ बधाई छ

बेहोसि भै म बाँचेनि के भयो र तिमीलाई
नँया मान्छे नँया नाता जुटाएछौ बधाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *