Skip to content

पुगिसरी आ’को भए को


पुगिसरी आ’को भए को छोड्थ्यो घरदेश?
बाध्यता नभई कसलाई राम्रो लाग्छ परदेश

कतारको दुर्दसा दर्साउँछ टेलिभिजनको पर्दा
कुन मन नरोला यौटा नेपालीको छोरो मर्दा

परदेशिन्छन् गाँस बास कपासको जोहो गर्न
कसलाई था रेगिस्तानकै काखमा पर्छ मर्न?

साथीभाइसँग मागी मागी छाक टारेको कुरा
दलालले रकम कुम्ल्याई अभर पारेको कुरा

ठग्ने लुट्ने अपराधको अन्त्य हुनुपर्छ अब
घरदेशमा मौलाएको कु-कर्म धुनुपर्छ अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *