Skip to content


चाहियो चाहियो
संविद्यान चाहियो

मागै मागको ओइरो छ
भाषणबाट माग छ
लेखाइबाट माग छ
पोस्टरबाट माग छ ।
थरी थरी छ
परी परी छ
माग गरेर कतै लेख्या देख्छु सम्विद्यान चाहियो
कतै चाहिएको देखेको छु सविघान
कतै छापिराखेको देख्छु सविद्वान
म ता अलमलमा परेँ है साथी हो
सबैतिर मागै माग छ
चार बर्ख लगाएर कोरलेको
सम्विद्यान अधुरै छ ।
बार बर्ख लगाएर ल्याएको सविद्यान
सडकैमा छ ।
जसलाई पनि संविद्यान चाहिएको देख्छु
नेपालमा संविद्यानका मागको
जताततै उरुङका उरुङ छ ।
आउनुहोस् आउनुहोस् आउनुहोस्
लानुहोस् लानुहोस् लानुहोस् ।
आफ्नो आफ्नो सम्वीद्यान लानुहोस् ।
लगे भइहाल्छ नि ।
दिव्य बार वर्ख
जङगलमा पकाएर ल्याएको सम्वीद्यान पो हो त
आलो काँचो अब कहाँ छ र ?
बस एकै वर्ख भस्र्याउनु परेको छ ।
अनि उठाएर लानु होला
संविद्यान खानु होला ।
संविद्यान लाउनुहोला
संविद्यान सुत्नुहोला
संविद्यान चुठ्नुहोला
संविद्यान नै मुत्ने हग्ने कुरा चै नगर्नु होला
सबैलाई यही नै चाहिएको रहेछ
भात नभए पनि भो
बिजुली नभए पनि भो
पानी नभए पनि भो ।
छोरो नभए पनि भो
छोरी नभए पनि
संविद्यान चाहियो
संविघान चाहियो
संविद्वान चाहियो
संविद्यान चहियो ।
लौ चाहियो है चाहियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *