Skip to content


संस्कृतिको सुधार गरी नयाँ विधान लेख्नु पर्‍यो ।
विकृतिको अन्त्यभा’ को जनताले देख्नु पर्‍यो ।।
लिङ्ग भेद जाती भेद जताततै निर्मूल पार ।
कानुनमा मात्रै हैन देखाइ देउ व्यवहार ।।

निमुखा र दुखीलाई आत्मबल भर्नु पर्‍यो ।
यो विधानले सबैलाई प्रोत्साहन गर्नु पर्‍या ।।
सहकार्य गरी गरी नयाँ विधान लेख्नु पर्छ ।
नेताजीले जनमर्म बाहिरैबाट देख्नुपर्छ ।।

एउटै गास एउटै बास हिमाल पहाड तराईको ।
उही आमाको परिवार को छ यहाँ पराईको ।।
एकताको गाथाहरू लेख्न पाउन कविहरू ।
यै देशको माटोभित्र घुस्न पाउन छविहरू ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *