Skip to content
NarayanPokharel-02


सम्झनाहरू बग्छन पानीमा
निरन्तर ती झर्ना, झर्छ
ढुङामा पछारिन्छन्
छरिएर चारैतिर संगालिन्छन
कतै रहर चौडा, दह बन्छ
कहिले, बन्छ दुई किनार
कतै जल सोहोरिएर हुन्छ ! यक धार
गति छ ?
बिस्मित छैन्
अकिन्चन बग्छ
कतै ध्वनि कुलु कुलु
कतै सङ्लिन्छ
कतै बटुल्दै पात पतिङर
धुलो र गिर्खा
निरन्तर मन झै, बगेकै छ नदी,
घरी घरी छचल्किन्छ
घरी पछारिन्छ
कतै चैतन्ले बौरे झै, उचालिन्छ
थुम्को कान्लाबाट, आफ्लिन्छ र बन्छ छाङो
कत्ति रुप छ
कत्ति गती
हेरिरहेछु ! मनसँगै
कहिले फर्केर दूर
हिडेका पथ,
म हेरिरहेछु
हेरिरहेछु
दिग्भ्रमित मन सग
आफैं कोरिरहेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *