Skip to content

सम्झना


भमरा आउछ र सम्झन्छु बितेका दिनहरूलाई
गीत गाउछ र सम्झन्छु बितेका दिनहरूलाई

तिम्रो त्यो बेमैसमी मायाले विरलिएको मनमा
अँध्यारो छाउछ र सम्झन्छु बितेका दिनहरूलाई

वसन्तको यो पवन हावाका सुसेलीहरूले
संगीत वजाउछ र सम्झन्छु बितेका दिनहरूलाई

आफूवाटै आफ्नै मुटु दुई टुक्रा भई फाटेको वेला
जोडी ढुकुर रमाउछ र सम्झन्छु बितेका दिनहरूलाई

मेरो मायाको मलामी वगाउने यो नदीले
पवित्रता कमाउछ र सम्झन्छु बितेका दिनहरूलाई

पीडा र रोदनका अविरल बग्ने यी आशुहरूले
मन गलाइछ र सम्झन्छु बितेका दिनहरूलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *