Skip to content


कृष्ण धराबासीको ‘आधाबाटो’ र उनकी धर्मपत्नी तथा आधाबाटोकी एक पात्र सीताजीले लेख्नुभएको आत्मावृतान्त ‘मैले हिँडेको बाटो’ पढेपछि मलाई लाग्न थाल्यो जीवनको यात्रामा पनि एउटा बाटोको आवश्यकता हुँदो रहेछ । हुन त बाटो बिनाको यात्रा सायद हुादैन क्यारे । दैनिक जीवन भोगाइ प्रकृया एउटा यात्रा र भोगिने समय बाटोको रुपमा रहादो रहेछ । धराबासीजी र सीता जीको लेखहरूको व्याख्या विश्लेषण गर्न यो लेख लेखिएको भने पक्कै होइन ।

भन्ने गरिन्छ, सारा ब्रम्हाण्डको तुलनामा हाम्रो सौर्यमण्डल भकुण्डोको तुलनामा एउटा सानो रायोको दानो जस्तो छ रे । त्यसमा पनि एउटा सानो ग्रह पृथ्वीको एउटा सानो प्राणी मानिस अनि उसमा भएको लगभग १ किलोग्राम जतिको मस्तिष्कले सबै कुरा बुझ्नु पर्छ भन्ने पनि केही छैन । सबै कुरा बुझ्न नसक्नु, सबै कुरा पाउन नसक्नु र सबै कुरा गर्न नसक्नु नै जीवन जिउने एउटा आधार रहेछ । यदि सबै कुरा प्राप्त गर्ने हैसियत भएमा नयाँ कुरा गर्ने केही बााकिरहन्न र जीवन निरस बन्न पुग्छ ।

मैले बुझ्न नसकेका असंख्य कुराहरूमध्ये एउटा कुरा हो łबाटो’ । कुनै लालबुझक्कड भन्ने गर्छ, आफू हिँड्ने बाटो आफैँ बनाउनु पर्छ । अर्को विद्वान तर्क गर्छ, अरुले बनाएको बाटोमा हिँड्नु नादानी हो, नामर्दीपन हो, मर्दले आफ्नो बाटो आफै बनाउनु पर्छ । आफैले बनाउन सकिने, नयाँ निर्माण गर्न सकिने यो बाटो कसरी बन्दो हो ? सबैलाई कौतुहल लाग्नु स्वभाविक नै हो र यसले मलाई पनि कौतुहल बनाउनु नौलो कुरो होइन । हामी हिँड्ने धर्तीको बाटो कसरी बन्दछ ? कोही मानिसले एकपटक हिँड्दैमा नयाा बाटो बनिन्न, बाटो बनिनको लागि धेरै मानिसहरू हिँडेको हुनु पर्छ । बाटोमा जीवन हुनुहुन्न अर्थात, घाँस, रुखपात अादि मानिस हिँडेको बाटोमा उम्रन्नन् ।

हो आफूले हिँड्ने बाटो बनाउादै गर्दा बाटो मर्ने गर्छ । कसैलाई नमारी सायद आफ्नो बाटो पनि बनाउन सकिन्न क्यारे । कसैका सपना, कसैका आशा अनि कसैका विश्वासमाथि नहिँडी आफ्नो बाटो पनि बनाउन नसकिने रहेछ । अरुले बनाएको बाटोमा हिँड्न सजिलो पनि छ र जोखिम पनि । अरुले बनाएको बाटोलाई राम्रो बनाएर हिँड्नेले जस पाउँदैन । आजभोलि एउटा सहर नै आकाशमा उड्ने गर्छ बोइङ् जेटकोरुपमा । राइट दाजुभाइले बनाएको हवाइजहाज कहाँ त्यस्तो थियो र ? यसलाई परिमार्जन गर्न कैयौँ वर्ष लाग्यो, यसमा कैयौँ मानिसको परिश्रम र दिमाग लागेको होला ? तर नाम भने राइट दाजुभाइकै छ ।

सेतो धर्तीका लेखक अमरले कुनै पत्रिकामा दिएको अन्र्तवार्तामा एकठाउँ यसो भनेका छन्, łपहिलो पटक साइकल बनाउने मानिस आविष्कारक वा वैज्ञानिक कहलाइन्छ तर सोही साइकल फेरि बनाउनेलाई प्राविधिक वा मेकानिक भनिन्छ ।’ यसरी अरुको बनाएको बाटो हिड्नु फगत प्राविधिकले गर्ने काम हो, ऊ बैज्ञानिक कुनै हालतमा पनि होइन ।

यसैले कुन बाटो हिँड्ने वा आफ्नो बाटो आफैँ बनाउने भन्ने जिम्मा हाम्रै हो । धेरै गन्थन गर्नुभन्दा पनि म पनि लागेँ है बाटो बनाउन । मैले हिँड्न लागेको बाटोको बारेमा अर्को भेटमा कुरा गरौँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *