सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साझ र बिहान
बिहानपख झुल्किनछ घाम देउराली पाखामा
आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा
काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली
छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला
भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?
गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी
सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा
सूनौला बाला झुलेर होला भूईंलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।
यो कविताका रचनाकारको नाम
यो कविताका रचनाकारको नाम कसैलाई थाहा भएमा बताइदिनुभए आभारी हुने थिएँ । दैबज्ञराज न्यौपाने, रामकुमार पाँडे, आदि मध्येका हुन कि जस्तो लाग्छ ।
मलाई त लाग्छ
मलाई त लाग्छ यो कविताका सिर्जनाकार लक्ष्मी प्रसाद देवकोटा हुन् कि……. झ्याउरे छन्दमा लेखिएको यो कविता नेपाली पुस्तक कक्षा ५ को महेन्द्रमाला बाट लिएको हो कि…….
महाकविकै हुन पनि सक्छ, तर
महाकविकै हुन पनि सक्छ, तर त्यसो हो भनेर किटेको कतै पनि भेटेको छैन । भेटियो भने खबर गर्नुहोला ।
Madhab Ghimire ???????
Madhab Ghimire ???????
खै कत्तिको विश्वसनीय हो यहाँ
खै कत्तिको विश्वसनीय हो यहाँ त दैवज्ञराज न्यौपाने भनिएको रहेछ ।
https://www.facebook.com/CafeKavita/posts/544159988963642
एकदेवजी उसो भए दैवज्ञराजकै
एकदेवजी उसो भए दैवज्ञराजकै हुनुपर्छ । उनको शब्द भाव लय अादि चयन र घिमिरेको लगभग एकै खालेको हुने गरेको थियो ।
हो रहेछ, विशेष सुत्रअनुसार
हो रहेछ, विशेष सुत्रअनुसार पनि थाहा भो 🙂 लेखकको नाम सच्याएको छु ।