Skip to content

को हो यो “भगवान”


मैले जिउने सन्सार कहाँ छ ?
कहाँ छ मैले पुज्ने भगवान ?

चार शृंगारित-द्वारमा थुनिएको ढुङ्गा हो कि ?
पथ पहिल्याउने पथकै पत्थर हो भगवान ?

को हो यो “भगवान” ??
मनुष्य सृजना गर्ने अदभूत शक्ति हो कि ,
मानिस को कल्पित बस्तु हो भगवान ?

आखिर कोहो यो “भगवान” ?
मलाइ जन्माउने आमा हुन् कि ?
आमाले मेरो मस्तिष्कमा जमाएकी पात्र मात्र हो, त्यो भगवान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *