Skip to content

(लघुकथा)प्रकृति र उसको दायित्व


ऊ रोइरहेको थियो । पानी परिरहेको थियो । ऊ भक्कानिएर रोयो । पानी झन् दर्किन सुरु भयो । उसको रुवाइ हेरेर ढुङ्गा समान मौन छ समाज । शायद ऊसँगै प्रकृति साथी बनेर रोएकी छन् ।

उसले कसको के बिगारेको थियो र आज उसको यस्तो हालत थियो ? हुन त आजसम्म सबैको भलो हुने नै काम उसले गरिरहेको थियो । सायद प्रकृतिको पनि हालत यस्तै–यस्तै लाग्यो उसलाई ।

२०७१ अषाढ ३० दिउँसो १२:३० समयले देखाएको थियो । जबै उसको रुवाइ रोक्यो फेरि आकाश छ्याङ्ग भयो । सायद उसको साथी आकाशपारि छ भन्ने उसलाई लाग्यो । उसले अनि त्यतै जाने निश्चय गर्यो । तर फेरि बादलले आकाश पुरै ढाक्यो । आकाशको एक कुना पनि देखिएन ।

“कसैले पनि मेरो वास्ता नगरे पनि प्रकृति अर्थात जननी त मरो साथ हुनुहुन्छ नि ! यस पृथ्बीमा मेरो दायित्व बाँकी छ । अझै केही गर्नु छ मैले । अझै केही गर्नु छ मैले ।” भन्दै ऊ बर्बराउन थाल्यो ।

२०७१ आषाढ ३०
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]
www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *