गोरेटोले डोर्याएथ्यो तगाराले छेकिदियो
पयरको धूलोमाटो कस्ले फेरि फेँकिदियो ?
तिर्खाएर भौँतारिएँ डुल्दै मरुभूमि माझ
दर्शन देऊ एकै झल्को तिम्रो साथ आज ।
कर्म मेरो खोटो छ कि पर्खी मात्रै राख्ने
माला जपेसरि तिम्रै नाम मात्रै भाक्ने ।
फलामको गेटबाट फोस्रो खिसी चियाउँछ
तिमी विना दिनरात मुटु नै यो खियाउँछ ।
सहरमा भेटेँ मैले बाटाहरू जताततै
बीच बाटामा अनेकथरि खाटाहरू जताततै ।
पेशल आचार्य
उपप्राध्यापक, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली, रामेछाप ।
(रचनाः २०६५ पुस २९)