Skip to content


भोका, नाङ्गा, चिथराको थलो बनेको छ यो ठाउँ
प्राणभन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ

चुसिराहेछन रक्त जसरी चुस्छ्न किराले
योदेखि त्यसैले मन मेरो जलिरहेछ पिरले
बिग्रिरहेछ देश आज कसरी म बचाऊ
प्राणभन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ

जल्दैछ देश आज भ्रष्टाचारको आगोमा
कबसम्म टिक्ने हो राष्ट्र राष्ट्रियताको धागोमा
मनको यति व्यथा कसलाई म बताउ
प्राणभन्दा नि प्यारो यसलाई छाडेर कहाँ जाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *