Skip to content


‘सुजित, बाबु सुजित ! कहाँ छौ तिमी ?’ आमा सुनिताले भनिन् ।

‘एकछिन चुप लाग्नु न ममी ! म पुतली समाउन खौज्दै छु के ।’ पाँच वर्षे सुजितले भन्यो ।

उसले फूलबारीको एउटा पुतलीलाई समाउन खोज्यो । पुतली त भुर्रर्र उडिहाल्यो । उसले अर्को पुतलीलाई समाउन खोज्यो, तर उसको हातमा मौरीले टोकिदियो ।

सुजित करायो-“ममी, ममी ………हृवाँ !”

आमाले छोरो कराएर रोएको सुनिन् । उनी घरनिरको फूलबारीमा पुगिन् ।

‘के भयो बाबु ?’ आमाले प्रश्न गरिन् । सुजित झन् ठूलो मुख बाएर रुन थाल्यो ।

आमाले छोरालाई चारैतिर छामछुम गरिन् । उसको हात थोरै सुनिएको थियो ।

‘केले टोक्यो बाबु तिमीलाई ?’ आमाले भनिन् ।

सुजितले भन्यो -“पुतलीले टोक्यो ममी !”

‘धत् ! पुतलीले पनि टोक्छ त ?’ आमाले भनिन् ।

आमा सुनिताले उसको हात नियालेर हेरिन् । हातमा त मसिनो खिल गाडिएको थियो । उनले त्यो खिल चिम्टीले झिकिदिइन् । सुजितको दुखाइ कम भयो । ऊ घरभित्र पसेर दूध पिउन थाल्यो ।

आमाले भनिन् -“बाबु, अब बाहिर टाढाटाढा खेल्न नजाऊ है । मौरीले टोक्छ नि ।”

सुजितले भन्यो -“हुन्छ ममी Û”

‘सुजित, ए सुजित ! कहाँ छौ छोरा तिमी ?’ आमाले भनिन् ।

‘एकछिन नकराउनु न ममी ! म सानो घर बनाउँदै छु । एकातिर गुडियालाई खाना बनाउँदै छु । मेरो घर भत्कन्छ अनि खाना पनि त डढ्छ नि ।’

‘धत् Û फेरि पनि तिमी जिद्दी गर्न थाल्यौ, हैन ?’ आमाले भनिन् ।

सुजितले बनाएको घरभित्र एउटा रङ्गीचङ्गी पुतली छिर्‍यो । ऊ खुसी भएर उपि|mयो । ऊ बेसरी चिच्याउँदै करायो -‘ममी, ममी Û बाहिर आउनु न ।’

छोरालाई के भएछ भनेर सुनिता दौडँदै आइपुगिन् ।

सुजितले भन्यो -“हेर्नु त ममी मेरो घरभित्र कति राम्रो रङ्गीचङ्गी पुतली । यस पुतलीलाई म साथी बनाउँछु है ।’

सुनिताले मनमनै भनिन् -“आहा Û क्या रमाइलो बाल्यकाल । आफूलाई मन लागेको कुरा गर्न पाइने । मन लागेको कुरा खान पाइने । कहाँ त्यति मात्र हो र, रोइदिन पाइने अनि मजाले खेल्न पनि पाइने Û”

Leave a Reply

Your email address will not be published. Required fields are marked *