मेरा ती हर्षले उन्मात्त भएका दिन होस् या।।।
चाहे जीवन र जगत्का बारे मलाई वास्तबिक पाठ पढाउन सफल त्यो कालो दिन ।।
यी सम्पूर्ण भोगाई र सिकाईलाई सहर्ष आत्मसात गर्न नसक्ने कम्जोर, लाचार, विवश अनि,गलत हु एक मात्र म ।।।
खोक्रे कृतिमताबाट टाढै रही वास्तविकता सङग पौठेजोरी खेल्न खोज्नु,
अनि त्यो झिनो आश्वासनबाट प्रेरित भै रङिन सपना देख्नु,
अरु केही नभै बुद्धिहिनताको परिचय अनि गलत हुनु को प्रमाण ठान्छु म।।
हो म भन्दै छु,
अनि सहमति थप्दै छु
आखिर गल्ती मेरै ।।
तर
तर
आधार के म गलत हुनुको??
मेरो लाचारीपन या तिमी प्रतिको मेरो लगनता ।।।
स्वयम बुझ्दिन म र बुझाउने सामर्थ्यता पनि छैन म मा????
त्यसैले आजभोलि निकै जसो रमाउँछु म,
अनि हर बखत हासिरहन्छु म।।
कठिन नै किन नहोस उराठ लाग्दो एक्लोपन अनि गलतहुनुको अभिसाप अमृत ठानि सहर्ष पिदिन्छु म
अनि भन्छु – “हो सही भन्यौ गल्ती मेरै हो
अनि गलत स्वयम म।।”