Skip to content

जीसस क्राइस्ट श्रीकृष्णका भक्त थिए


संसारका जुनसुकै सम्प्रदायका धर्म अनुयायी भए पनि उनीहरूलाई आफ्नो धर्मको सत्य स्वीकार्न अत्यन्त कठिन हुन्छ।वर्तमान समय धार्मिक कट्टरताको प्रतिस्प्रदा होभन्दा सायद गलत नहोला। यो सत्त्य हो कि, कुनै पनि मानिस आफ्नो धर्मको यथार्थ जान्न नै चाहदैन। किनकि उसको जीवनमा आजसम्म बनेको धार्मिक विश्वासमा ठेस पुग्दछ। स्वयं आफू असहाय भएको अनुभव हुन सक्ने संभावना प्रवल हुन सक्छ।किनभने बचपनदेखी हालसम्म उसले जे जति सिक्यो या जान्यो त्यो सबै गलत सावित भैदिन्छ। इशा भगवान कृष्णको भक्त थिए भनी व्यख्या गर्नुभन्दा पहिले यहाँ विभिन्न समयमा विभिन्न अन्वेशकहरूले खोज अनुसन्धानको आधरमा प्रस्ट्याएका तथ्यहरूलाई प्रस्तुत गर्द्छु।

१. १८६९ इस्विमा एक फ्रेन्च कानूनवीद एवं साहित्यकार” लुइस जेकोलियत”ले आफ्नो पुस्तक the bibile in indiaमा श्रीकृष्ण तथा इशा( क्राइस्ट)लाई तुलनात्मक अध्य्यन गर्दै जीसस शब्दको विषयमा लेखेका छन कि क्राइस्टको ” जीसस” नाम उहाकै अनुयायिले दिए। संस्कृतमा यसको अर्थ मूल तत्व भन्ने हुन्छ। लुइस अगाडि लेख्दछ कि ” क्राइस्ट” शब्द पनि कृष्ण शब्द कै रुपान्तरण हो। इशाले कृष्णको सट्टा क्रीसना शब्द प्रयोग गरे यही क्रीसना शब्द नै यूरोपमा ख्रीस्तान या क्राइस्ट भयो।लुइसका अनुसार इशाले भारतको जगन्नाथ मन्दीरमा धेरै समय बिताएका थिए।

२. अर्का रुसि अन्वेसक निकोलस नोतोवीचले भारतमा केही वर्ष बसेर ” the life of saint isha”मा आधरित भएर फ्रेन्च भाषामा ” the unknowan life of jisus crist” नामक पुस्तक लेखेका छन। उक्त पुस्तक लद्दाखको लेह मार्गस्थित हेमिस बौद्ध आश्रममा अद्यावधिक शुरक्षित छ। किताब अनुसार जीसस क्राइस्ट १३ वर्षको उमेरमा भारत जाने क्रममा,सिल्क मार्ग हुँदै हेमिस बौद्ध आश्रममा पुगेका थिए र उहाले त्यही बसेर बौद्ध शीक्षा लिए र निर्वाणको महत्व बुझेका थिए। यसरी इशाले आफ्नो उमेरको लगभग १८ वर्ष भारतको काश्मीर लद्दाख र उडीसाको जगन्नाथ मन्दीरमा बसेर बौद्ध एबं हीन्दु धर्म ग्रन्थहरूको आद्यात्मिक विषयहरूमा गहन अद्ययन गरे जहाँ उहाले ध्यान साधनकोउत्कृष्टता प्राप्त गरे। निकोलस अगाडि लेख्दछ कि इशालाई सुलि चढाए पछि उनको मृत्यु भएको मानियो तर सत्य त यो थियो कि सुलि चढाएपश्चात् पनि उहाआफ्नो योगवलद्वार जीवितै थिए। सुलिचढाएको ३दिनपछि आफ्नो परिवारसँग तीब्बत हुँदै पुन: भारतको श्रीनगर आएर ८० वर्षको उमेरमा परलोक भए इशा जसको चीहान श्रीनगरको रौजावलमा सूर्य देखिए जतिकै सत्य छ।

३. पारसी( इरानी) परिवारमा जन्मेका मेहर बाबालाई एक रहस्यमयी चमत्कारिक संत मानिन्छ।मेहर बाबा ३० वर्षसम्म मौन थियो। मौनताकै समयमा उनले” God speek” नामक पुस्तक लेखेका थिए।पुस्तक अनुसार इशा सुलिबाट बचेका थिए।इशाले भारतमा बसेर योग साधना गरेका थिए, जसको माद्यमबाट उनले निर्विकल्प सुलिमा नै समाधी लगाए।यश प्रकारको समाधिमा व्यक्ति ३ दिनसम्म मृत समान बस्न सक्दछ,पछि उसको चेतना बिस्तारै फर्कन्छ।उसको अंगप्रत्यंगले पुन: कार्य गर्न थाल्छ।यसरी समाधिबाट जागृत भए पछि इशा पुन: भारत आए र बाकी जीवन काश्मीरमा बिताएर परलोक भए। shreekrishnaमेहरबाबाको यो कुरालाई अभयनंद,सत्यसाईबाबा,शंकराचार्य आदिले पनि समर्थन जनाएको पाइन्छ। यसरी नै फिंदाहसनैन,अजीज कश्मीरी,जेम्सडियर्डोफ,मंतोसे देवजी आदिले पनि कश्मीरको रौजावलमा जुन चीहान छ त्यो इशाकै चीहान हो भनेर भनेका छन।त्यस्तै १९८२मा जर्मन विद्वान होल्गर कस्टर्नले आफ्नो गहन अनुसन्धानपश्चात् माथिका तथ्यहरूलाई प्रमाणित गर्दै ” जीसस लिभ्ड इन इन्डिया: हिज लाइफ विफोर एन्ड आफ्टर क्रुसिफिक्सन” नामक पुस्तक लेखेका छन।
माथि उल्लेखित लुइस जेकोलियतको भनाईलाई आधर मानेर हेर्दा हो, वर्तमान विश्वमा जे जति भाषा प्रचलनमा छ, ती सबै भाषाहरूको मूलश्रोतमा प्राचिन संस्कृत भाषाको प्रभाव छ भन्ने तथ्यलाई विश्वले स्वीकारिसकेको अवस्था हो। जस्तो कि संस्कृतको द्वार( ढोका)बाट अंग्रेजिको door, संस्कृतको पितृ, मातृ, भ्रातबाट क्रमश: father,mother, brother आदि शब्दहरू संस्कृतबाट देश काल परिस्थिति अनुसार अपभ्रंस हुँदै बिकसित भएको मानिन्छ। यश विषयको चर्चा अर्कै छ त्यतातिर नगैइ लुइसको भनाईलाई गौण गरी हेरौ।आ आफ्नो मातृभाषाको कारणले गर्दा अर्को भाषा उच्चारणमा परिवर्तन आउन स्वभाविक मानिन्छ। सायद त्यसरी नै कृष्ण शब्द कृसना,खृस्तान या क्राइस्ट उच्चारित हुन गयो। इशाले भारतमा बसेर बौद्ध तथा हिन्दू ग्रन्थहरूको व्यापक रुपमा अद्यात्मिक अद्ययन गरे त्यसमद्ये उहालाई भागवत गीता अत्यन्त पृय भयो र गीता रसबाट उहाँ प्रभावित भए। इशालाई लाग्यो कि यो मानव कल्याणकारी गीता ज्ञान मेरा ठाउका मानिसहरू पनि सिकाउन पर्यो।र इशाले आफूलाई श्रीकृष्णसँग तुलना गर्नुभयो।किनभने कृष्ण र इशाको जीवनमा धेरै घटनाहरूको समानता पाइन्छ कि जसले गर्दा इशाले आफूलाई श्रीकृष्णसँग तुलना गर्न सकोस। जस्तै कंसको नजरबाट कृष्ण जन्मनसाथ भाग्नु परेको थियो, त्यसरी नै इशालाई पनि हेरोद राजाको नजरदेखी भगाइएको थियो। श्रीकृष्ण ग्वाला हुनु भएको थियो त्यस्तै इशा पनि भेडा गोठला कहाँ जन्मनु भएको थियो।सायद यही समानताको ज्ञान पाएर इशा भगवत गीता प्रति आकर्षित भएको हुन सक्छ।

भगवत गीता ज्ञान श्रीकृष्णले समस्त मानव कल्याणको लागि अर्जुनलाई निमित्त बनाएर दिनु भएको थियो। सोही ज्ञानलाई इशाले कृष्णनीतिको नाममा आफ्ना मानिसहरूलाई बताउनु भयो र त यदि बाइबलमा गौण गरेर हेर्ने हो भने गीतामा श्रीकृष्णले दिनु भएको गीता ज्ञान् कै हुबहु व्याख्या गरेर इशाले मानिसहरूलाई बताएको पाइन्छ। जस्तै यहाँ एक उदाहरणको रुपमा हेरौ।

सर्वधर्मान्परित्यज्री मामेकं शरण व्रज:
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामीमा सुच:
(भगवतगीता १८:६६)

अर्थात, सबै धर्मलाई त्यागेर तिमी मेरो शरणमा आउ।म तिम्रो संपूर्ण पापलाई नस्ट गर्छु।म तिमीलाई मुक्ति दिन्छु। तिमी कसैसँग नडराउ किनकि यसरी मेरो शरणमा आउने प्राणिको संपूर्ण जीम्मा म लिन्छु।त्यसको सबै पापकर्मको म क्षमा दिन्छु ।

उपरोक्त श्लोकको हुबहु नक्कल जस्तै बाईबलमा पनि इशा बताउनुहुन्छ र त्यही भनाईलाई इशाईमार्गी भन्ने गर्छन कि- यशु नै मुक्तिदाता हुन।यशु बाहेक कसैले मुक्ति दिन सक्दैन,अनि यशुले नै संपूर्ण पाप नस्ट गर्नुहुन्छ।यस्ता धेरै उदाहरण्हरू भेटिन्छ,जीज्ञासा भएमा गीता र बाइबल( नयाँ करार)मा तुलनात्मक अद्ययन गर्न सक्नुहुन्छ।

इशा याने जीसस भगवत गीताबाट प्रभावित भएर श्रीकृष्णलाईआफ्नो आदर्श मानेकै कारण इशाले भगवत गीता ज्ञानलाई कृष्णनीती भनेर यहुदिहरू समक्ष पुर्याउनु भयो यहुदिहरूले कृष्णनीती उच्चारण गर्दा कृश्चियनिटी हुन गयो। इशाले कृष्णनीती अर्थात कृश्चियनिटिको ज्ञान प्रचार गरेकै कारण यहुदी धर्म गुरुहरूमा त्रास पैदा भयो कि इशाले कृष्णनीती याने कृश्चियनिटी सिकाएर सबै यहुदिहरूलाई हिन्दू बनाउने छ।यदि त्यसो नहुदो हो त, यहुदी धर्म प्रवर्तक अब्राहमको बयालिसौ पुस्ता( बाईबल अनुसार) को सन्तान इशालाई किन महाअभियोग लागेका व्यक्तिलाई दिइने भयानक( सुलिमा चढाइने) सजाय दिइयो त?किन कि स्पष्ट छ इशाले कृष्णनीतीको नाममा आफ्नो यहुदी धर्म बिस्थापित गर्न भगवत ज्ञान् को प्रचार गरेका थिए।तर दुर्भाग्य इशाको तुलनामा यहुदी धर्म शासक सक्तिसाली थियो अन्तत इशालाई सुलि चढाइ छाडे। यद्यपि इशाले हिन्दू तथा बौद्ध धर्मभित्रबाट सिकेको योगबलकोसहयोद्वार सुलिमा नै समाधी लिनुभयो।

यहुदिहरूले इशालाई मृत ठानेर चीहान बनाए तर इशा मेहर बाबाका अनुसार तीन दिनपछि पुन: जीवित भएर सुटुक्क भारत आउनु भयो।पछि यहुदिहरूले इशाको मृत शरिर कब्रमा नदेखेपछि डराउन थाले सोचे कि साच्चै इशा दैवी शक्ति नै थिए, हामीले गलत गरेछौ,नत्र सशरिर कहाँ गए ? तत्कालीन यहुदिहरूमा ज्ञान अभावको कारणले इशा सशरिर स्वर्ग गए भनी स्वीकारे र कृष्णनीती( कृश्चियनिटी)मा इशाले दिएको ज्ञानलाई तत्कालीन यहुदी धर्मगुरुहरूले तोड्मोड गरी आफ्नो अनुकुल बनाएर यहुदी धर्मग्रन्थ पुरानो करारमा जोडि बाइबल नामको धर्म ग्रन्थ जन्माएको तथ्यलाई नकार्न सकिन्न।स्मरणीय छ कि,भगवान श्रीकृष्णले म नै विराट रुप पर्मेस्वर परमात्मा हु भन्नुभएको छ भने इशाले आफूलाई पर्मेस्वर पुत्र( पवित्र आत्मा) हु भनेर प्रस्तुत गर्नुभएको छ। तसर्थ पनि स्पष्ट छ कि श्रीकृष्णद्वार दिइएको भगवत ज्ञानलाई इशाले अंसी परमात्मा( श्रीकृष्ण) कोअंश आत्मा( इशा) द्वार श्रीकृष्ण प्रदत्त ज्ञान कृष्णनीती( कृश्चियनिटी) मानिसहरूलाई बताएका थिए। नमन!!!!

http://www.quicknpnews.com/

3 thoughts on “जीसस क्राइस्ट श्रीकृष्णका भक्त थिए”

  1. असत्य
    सत-प्रतिशत झूठो कुरा | बिना ज्ञान यस्तो बिषयमा किन कलम चलाउनु ?

    1. madam this world was started
      madam this world was started from same points. who are you to verify these things. have you ever studied bible and geeta by comparing each other? do you have such a ability?

  2. तर्कहरु हेर्दा हो झैँ पनि
    तर्कहरु हेर्दा हो झैँ पनि लाग्छ । तर फेरी कसरी यस्तो भएहोला र भन्ने सोच पनि मनमा आउँछ । के हो के हो केही बुझ्न सकिएन । हुन पनि सक्छ, नहुन पनि सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *