Skip to content

दुरगामी उपाय


नेपाल र भारतबीच भएको सन् १९५० को सन्धि अध्ययन गरिरहेका बेलामा मेरो अमेरिकन मित्र गेरी सेफर्ड अकस्मात मेरा घरमाभित्र पस्यो –‘हेलो ऽ मिष्टर ड्याल भन्दै’ अनि मैले घोरिएर पढिरहेको किताबतर्फ नजर लगाउँदै सोध्यो–‘के पढिरहेका छौं यस्तो तनमन लगाएर ?’

‘नेपाल र भारतका बीचमा भएका पुराना सन्धिहरु’–मैले छोटकरीमा कुरो टुङ्ग्याउँने अभिप्रायले उत्तर दिएँ ।
कुन विषयका लागि म्यान ?’–उसले जिज्ञासा राख्यो ।

‘तराइका सभासद जति सबै इण्डियन नागरिक भएकाले तराई टुक्य्राउन एकमधेश प्रदेशको माग भएको भनेर विवाद चुलिएकोछ र हेर्दा साँच्चै नयाँ नागरिकता लिएका इण्डियनहरुको बर्चस्व संविधान सभामा देखिएको र माग पनि त्यस्तै शंकास्पद देखिएकाले कसरी यस समस्याको सही निरुपण गर्न सकिएला भनेर नि ।’–मैले कारण खोलिदिएँ ।

‘ह्या ऽ ऽ यो पनि कुनै घोत्लिइरहनु पर्ने समस्या हो र !’–उसले हियाउँने लवजमा भन्यो र प्रश्न थप्यो–‘विश्वकै सबैभन्दा बढी स्वतन्त्रता भएको हाम्रो अमेरिकामा त अंगिकृत नागरिकले राजनीतिमा भाग लिएर अमेरिकन नीति बिरोधी चलखेल गर्न पाउँदैन, तिमीलाई थाहा छ नि ?’

‘त्यो त थाहा छ ।’–मैले स्वीकृति जनाएँ उसका कुरामा ।

‘हो त्यस्तै तिम्रा देशमा पनि अहिलेका हुन कि पहिलेका हुन् अंगिकृत नागरिकका चै तीन पुस्तासम्मका सन्तानले नेपालमा राजनीतिनै गर्न नपाउँने भनेर संविधानमै ठोकी देऊ न टण्टै खलास् ।’–उसले दुरगामी उपाय सुझायो ।

जुरोपानी-४,झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *