काँडे भञ्ज्याङ् त्यो डाडाको शिर रहेछ जीवन
बाह्रै मास पहिरो जाने भिर रहेछ जीवन
खहरे झैँ उर्लिएर फेरि आफै सुकी जाने
त्यो खोलीबगरको तिर रहेछ जीवन
चन्द्र छुने रहरहरू रहरमै सीमित हुँदा
माछी जस्तै छट्पटाउने झिर रहेछ जीवन
सप्तरंगी किरण सगै मौलाएका रहरहरू
टुंगिजाने सपनाहरूको पिर रहेछ जीवन
जति रंगले पोते पनि झैनै फिक्का लाग्ने
खुइली जाने त्यो चोलीको निर रहेछ जीवन
डिल्ली प्रसाद खराल”घायल”
वीरेन्द्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई