Skip to content

म मरेर गए पनि, मेरो देश बाँचिरहोस्।

निल गिरीको मुहार हेरी, सेता गिरी हाँसिरहोस।
‘म मरेर गए पनि, मेरो देश बाँचिरहोस।’।।1।।

छङ्छङ् बग्ने छहरामा, ईन्द्रेणीले रँग भर्दै।
अझै माथि चढोस देश, मेरै काँधमा टेको टेक्दै।
भोको, नाङ्गो नहुन् कोहि, सब्को अधिकार रहोस्।
जनताको चुलो निभ्दा, सरकार आँशु झरोस्।
ओठहरु गाईरहोस्, डाँफे, मुनाल नाचिरहोस्।
‘म मरेर गए पनि, मेरो देश बाँचिरहोस।’।।2।।

शहिदका सपनाहरु, साकार होउन साझा बनुन्।
सबैलाई देशको मायाँ, मुटु भित्र गाढा बनुन्।
देवीदेवता घुम्ने थलो, मेरै सगरमाथ चूली।
अझै छर्छ मिठ्ठो बास्ना, बनै भरि गुराँस फुली।
सँसारले मेरै देशमा, सधैँ नाता गाँसिरहोस्।
‘म मरेर गए पनि, मेरो देश बाँचिरहोस।’।।3।।
प्रसँग: प्रजातन्त्र दिबस

Leave a Reply

Your email address will not be published. Required fields are marked *