Skip to content

स्वाभिमानको पाठ्यक्रम


मेरा दाजुहरू
कोही युद्धमा गएर
कार्गिलमा लड्दैछन्
मेरा काकाहरू
कोही मलेसियाको रुखका हाँगा काट्न
अग्ला रुखहरूमका चढ्दैछन्
मेरा भतिजाहरू
मरुभूमिको तातो बालुमा सड्दैछन्
मेरा उमेरै नपुगेका भाइहरू
उमेर सच्याएर
विदेश जाने भिसा लिने लाइनमा
अघि बढ्दैछन् ।
तर मेरा साना नानीहरू भने
नेपालीहरूको बहादुरी बारेमा लेखिएको
स्वाभिमानी नेपालीहरूका बारेको
पाठ्यपुस्तक रटी रटी पढ्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *