Skip to content

मिठो बचन बोल्दा बोल्दै



मिठो बचन बोल्दा बोल्दै झर्किएर गयौ
दुनियाँले ताली पिट्दा तर्किएर गयौ।।

रुझेका यी परेलीहरू सुक्दै गर्दा बिस्तारै
बारमासे झरी जस्तै दर्किएर गयौ।।

जलेको यो हृदयभित्र खोजेको थे शितल
नूनखुर्सानी चुक अमिलो छर्किएर गयौ

हासोखुशी बटुलेर जीउँने कोशिस गर्दा
झर्याम झुरुम सिसा जस्तै चर्किएर गयौ।।

निर्दोष मेरा नयनहरूले तिम्रै राहा हेर्दै गर्दा
मनमा अनेक कुण्ठा राखी सर्किएर गयौ।।

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *