Skip to content

नपुंसकको कुरा


धेर थोर समयको म हिसाब गर्छु
तल बितल जिन्दगीको म हिसाब गर्छु

पखेटा छ कि भुरुरु उडिरहेछ मन
म उडाइको हिसाब गर्छु

आउने जाने भइरहेछ जिन्दगी
ती जिन्दगीको हिसाब गर्छु

जन्मेर हुर्के कति चिहानमा छन कति
म ती च्याहानको हिसाब गर्छु

मुर्दा सरी बाँचेका रछ्यान झै
ती नेतृत्वको हिसाब गर्छु

लागेको छ मात सबैलाई
बिना मात बाँच्नेको कुरा गर्छु

मतको मोल छैन बेचेर आफ्नु अस्तित्व
ती बाँच्ने नपुंसकको कुरा गर्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *