Skip to content


प्रत्येक दुई हप्ताको कामपछि तेस्रो हप्ता आरामको लागि समय दिने मेरो कम्पनीले यो पटक पनि नियम अनुसार नै मलाई छुट्टी दिएको थियो । आकासले पनि आफ्ना नाङ्गा शरीर भरी दिनभरि सूर्यलाई नचाएर लागेको थकानलाई मेटाउनका लागि सुस्ताएको थियो मसँगै रातको छहारीमा । जसरी म सुस्ताइरहेको थिएँ आफ्ना दिनभरिको पसिनाले भिजेको र कामको दुखाईले थिचेको मेरो शरीरलाई लम्पसार फालेर ।

मोबाइलले एक्कासि जोड्जोड्ले चिच्याएर बिहान भएको सङ्केत दियो । मलाई भने मोबाइल चिच्याएकोमा रिस उठ्यो र हत्तपत्त मोबाइलको घाँटी थिचिदिएँ- ‘बिहान भएको थाहा पाउने तर आज बिदा रहेको थाहा नपाउने । त्यसलाई थाहै छ नि बिदाको दिन अबेरसम्म सुत्छु भन्ने कुरा ।’

मनमनै भुनभुनाउदै पुन: बिछ्यौनमा आफ्नो शरीरलाई फालिदिएँ ।

कच्चिबाटोमा कहिले भित्तामा जोतिदै त कहिले छेउतिर ढल्कदै उकालो लाग्दै थियो बस । कुनै चाडबाडको अवसर पारेर जोड्ले निङ्गार पिई होस गुमाएको बटुवा जस्तै । यात्र गरिरहेकाहरू मध्ये धेरैजसो त आईमाईहरू थिए । धेरैले काखमा आफ्नै अनुहारका सानीबच्ची च्यापेका थिए । अनि छेवैमा उभिएका थिए तिनै अनुहारमा मुसार्दै तिनीहरूकै लोग्नेहरू । बिचरीहरू बसले छेउ र भित्त्तामा पछार्दा डरले चिच्याउथे र गाली गर्थे चालकलाई । बिचरा चालक सरकारलाई दोस लागाउँदै भनेको सुनिन्थ्यो- सरकारले पिच गरिदिए त यतिका जोखिम युक्त यात्र गर्नै पर्थेननी ।
तर बस भने हल्लन नछोडी उकालोबाटोमा बल लगाउदै चढ्दै थियो ।

बसका झ्यालबाट बहिराको दृश्यहरूमा आफ्ना मनहरू डुलाइरहेँ । जङ्गलको बीच बाटो हुँदै उकालो चढ्दै थियो बस । सडकको छेवैमा उभिएका कति रुखहरू त मोटोरको धुँवा र सडकको धुलो माटोले कुरुप देखिन्थे नचिनिने गरी । अलिपर तिरका अम्बाका बोटहरू भने सुन्दर आफ्ना शरीरलाई प्रदर्सन गर्दै उभिएका थिए । कति किसोरहरू त कल्पनामा हराँउदा हुन् ती अम्बाका बोट देखेर किनकि तिनीहरू कुनै नाङ्गा युवतीभन्दा कम थिएन । सल्लक परेका जिउ, अँझ अनि झ्याम्मा परेका पातहरू अनि तिनै शरीरमा उठेको भाग कुनै युबतिको छातीभन्दा कम थिएन । त्यसैले त तिनै उफ्राईको यात्रलाई पनि सहज पारिदिन्थे युवा किसोरहरूलाई । तर किशोरीहरूलाई भने डाहा र रिस एकै चोटि लाग्थ्यो होला । अम्बाको बोटप्रती ।

आमाले गुन्द्रुक र फापारको रोटि पोको पारेर पठाउनु भएको थियो । पेटले आमाले पठाउनु भएको खाजाको सम्झना दिलाई दिइहाल्यो । सिटमा पनि म एक्लै थिएँ त्यो पनि अन्तिम सिट । त्यसैले सजिलो महसुस गरेँ र झोलाको बाहिरी भागमा रहेको गुन्द्रुक र रोटिलाई निकालेर खाना थालेँ क्वाप्प-क्वाप्प …… बस भने आफ्नै रफ्तार र हल्लाईमा उकालो चढ्दै थियो ।

आधा जङ्गलतिर आई पुगेको हुनुपर्छ । एक्कासि केही पड्केको ठूलो आवाज आयो । यात्रमा हुनेहरू सबै डरले चिच्याए । चालक र सहचालक पनि डराए जस्तो देखिन्थ्यो । बस भने बिस्तारै भित्तातिर ढल्कियो । सबैजना ओर्लिए । चालकले बसको टाएर पड्केको र आफूहरूसँग थप नरहेकोले अब अघि जान नसक्ने जानकारी दिए । सबैजना एक अर्काका मुख हेराहेर गर्न थाले । कसैको मुखबाट पनि केही शब्द निस्केन । ती जङ्गल भरी उभिएका बोट र मान्छेहरू उस्तै देखिन्थे टोलाएका हल्चलसम्म नगरी । केहीछिनको टोलाई पछि भने बिस्तारै हल्ला गर्न थाले ती मान्छेहरू । तर चुपचाप सुनिरहे र हेरिरहे तिनै अम्बाका बोटहरूले ती मान्छेहरूलाई । अम्बाका बोटहरूले मान्छेका मुहारहरू प्रष्ट हेर्न नपाउदै सबै आफ्ना आफ्ना बाटो लागे ।

साँझ पर्दै थियो भने म लम्क्दै थिएँ । बसमा सँगै यात्र गर्नेमा कोही पनि चिनेकाहरू थिएनन् । चिनून् पनि कसरी? म कहाको मान्छे, अनि तिनीहरू कहाका? म साथीले बोलाएको कारण साथीको बिहेमा जाँदै थिएँ । नौलो ठाउँ नौलो मान्छे । मैले साथीलाई सबै जानकारी दिएर फोन गरेको थिएँ । साथीले सबैजना ब्यस्ता भएकोले गाउँकै अरु दुई भाइहरूलाई लिन पठाएकोले बिस्तारै सडकै सडक हिन्दै आऊ भनेकोले म अलिमाथिसम्म जाँदै थिएँ ।

साँझ झम्मक परेको थियो । कोही पनि केटोहरूले मेरो नाम लिएर आएनन् । केही किसोरहरू त भेटेँ तर सोद्धा उल्टै झर्केर ओरालो झरेका थिए । त्यसैले चिन्तित हुँदै बरको जरामा आफ्नो झोला अढ्याएर अढेस लगाई सोचिरहेँ । मोबाइलमा ब्याट्रिसकेकोले मोबाइल पनि अफ भइसकेको थियो । नजिकै कतै घर भेटिए बास बस्ने र भोलि सोध्दै जाने निर्नय बनाई चारै तिरा हेर्दै थिएँ । पछाडिबाट सुमुधुर आवाजमा कसैले मलाई दाइ भन्दै सम्बोधन गरेर बोलाएको आवाज मेरो कानमा ठोकियो । महिला अवाजलाई पूरा आफ्नो ज्ञानेन्दृयामा पुर्याउन नपाउदै मैले पछाडि फर्केर हेरेँ । एउटी आधिबैसे आईमाई उभिएकी थिई मेरीसामु । ढुङ्गा खोज्दा देउता मिले झैँ मैले सहयोग पाउने आसाले साथीको नाम र ठेगाना दिएँ र सबै कुरा प्रष्ट भनेँ ।

साथीको ठेगाना र नाम थाहा नभएको जानाकरी सँगै यता नजिक कतै बस्ती नरहेको जानकारी पनि दिइन् । र आपात परेकोले अलि टाढा रहेको आफ्नो घरसम्म लगेर बास दिन सक्ने जानाकरी पनि दिइन । मसँग अरु बिक्ल्प पनि त थिएन र पछि लाग्ने निधो गरेँ । उनी अघि अघि लागिन् म पछि पछि लागेँ ।

लगभग एक घन्टापछि एउटा सुबिधायुक्त बङ्गलामा आइपुग्यौँ । अच्चमा लाग्यो । यत्रो जङगलको माझ यस्तो बिकट ठाउँ तर यत्रो महल कसरी? छक्क परेँ म । पत्याउन गाह्रो थियो तर पनि नपत्याई धर थिएन किनकि आफू तिनै बङ्गलाको मुलद्वारमा उभिएको थिएँ । भित्र पस्न अनुरोध गरिन् । भित्र गएँ । अच्चमा सुननै सुनले पोतिएका भित्ता थियो । कोठाहरू कति सुगन्धित सबैबाट विभिन्न जातका फुलहरूका बासना आउथ्यो । म त छक्क परेँ । आफैले आफैलाई विश्वास गर्न सकिन तर पनि म त्यही उभिएको थिएँ । मैले उनीलाई हेरेँ तर उनी त्यहाँ थिइन् । अघि सँगै उभिएकी युवती आफूसँगै नपाँउदा छक्क परेँ । तैपनि अँझै भित्र गएँ उनी त मभन्दा अगाडि नै भित्र गइसकेकी रहिछे । झन् मलाई अच्चम तुल्यायो । उनी भित्र टेबलै भरी खाने कुरा राखेर पर्खिरहेकी रहेछिन् । गएँ र टेबलमा बसेर खाना थालेँ । त्यही बेला उनीले आफ्नो जानकारी दिई ।

म तिम्रै साथीको गाउँकै मैचा हुँ । नेवारीकि छोरी । म यहाँ बस्ना थालेको आजैबाट हो । योभन्दा अघि म तिम्रो साथीकै गाउँमा बस्थेँ । त्यहाँ बस्दा हिजोमात्र मेरो लोग्नेको बिदेशबाट लास आयो । उनैको मेहनतले यो अनकान्टार ठाउँमा मैले यो महल ठाडाएको थिएँ ।

उनीले आफ्नो सबै जानकारी दिइसक्दासम्म मैले आफ्नो भोक मेटाइसकेको थिएँ ।

उनीले सुत्नको लागि बिछ्याउन देखाई । सुनै सुनले सजिएको बिछ्याउन थियो । सबैबाट विभिन्न थरिको सुभास आउथ्यो । बिस्तारै बिछ्यौनामा पल्टिएँ । तर बिछ्यौनमा पल्टने बितिकै म एक्कासि हावामा फिलिङ्गिदै आकासबाट बादलहुँदै तल खसेँ । तब पो एक्कासि ब्यूँझिएँ र जुरुक्कै उठेछु । आफ्नै अगाडिको भित्तामा टाँसेको ऎनाले मलाई मेरै भखरै उठेको अँध्यारो मुहार देखाइरहेको थियो ।

पछि फोन गरेर सोधेको त त्यो केटीको नाम नै मेरै साथीको बहिनीको नाम रहेछ । साउदीमा काम गर्ने क्रममा दुर्घटनामा परी उनको श्रीमानको मृत्यु भएको खबर सुनेर हिजो बेलुका बेहोस भएकी उनी बिहानी पख दुई बजेतिर मरेकी थिई रे । मेरो सारै मिल्ने बहिनीको साथी जो मलाई एक पटक मुहारै नदेखाई सदाको लागि टाढा गइछे । उनको आत्मालाई चीर शान्तिको कामना गर्दैमा उठेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *