Skip to content

नांगो बादशाह हेरिरहेछन्


आज शून्यताका भार छन्
न्यायलय शून्य छ
जितौं कि हारौं
हनुमान बनेको छ दलको

राजनीति दलगत न्यायलय दलगत
छैन दृष्टि बृहत
पंगु छ अस्तव्यस्त
चेतना बाहिरिंदै छ
खोस्टा शासकबाट
जन्मएका खोष्टाहरू
रंगिएको स्याल झैं कुर्लिरहेछन्
आआफ्ना रंगमा
हराएको छ विवेक
मुर्दा घर झैं छ सन्नाटा संसदमा
सडक चिच्याउँछ
कुकुर लुच्छन् शक्तिकेन्द्रहरू

न्यायलयका ढोकाहरू
आसेपासे बाहेक सन्तप्त छन्
झुन्डिएको तरबार देख्छन
थुनिएको मुख र
बाँधिएको आँखा हेर्छन
निर्लज्जता चरमचुली छ
आज यो देशमा त्यही नयाँ लुगा खोज्ने राजा छ
जनाता नांगो बादशाह हेरिरहेछन्
हेरिरहेछन्
हेरिरहेछन्
हेरिरहेछन्
हेरी……. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *