Skip to content


नाता र गोता सम्पत्ति हेर्दैे सम्बन्ध रोजेका
आफन्तहरू स्वार्थमा यस्तो भएर विकेका

स्वार्थले यस्तो अडेको हेर यो हाम्रो संसार
जिन्दगी यस्तो बढेको हरे ! भएर लम्पट

जसले भलो चाहन्छ सब ऊ हुन्छ एकल
दुनियाँ यस्तो रहेछ तब के गर्ने अब त

सत्यको पछि लाग्नु नै गल्तीरहेछ यहाँ त
झूठको खेती झनै त यहाँ मौलाइरहेछ

शंकाले लङ्का डढ्दछ भन्थे होनै त रहेछ
आगोको ज्वालाभन्दा नै तेज त्यो पापिरहेछ

२०७४ जेठ १४
टीका खरेल सुवेदी
कुलेश्वर, काठमाण्डौं

1 thought on “सम्पत्ति”

  1. लु राम्राे अायाे नानुकाे ।
    लु राम्राे अायाे नानुकाे । अलिक मलाउन पाए झन् असल हुने थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *