Skip to content


तिमी–
दुई ढुङ्गाबीचको तरुल हौ कि ?
दुई तरुलबीचको ढुङ्गा हौ ?
कहिले फाटेर दुईपाटा भएको
कहिले जोडिए पनि
दोमन-दोमन भई फाटेको
खोई के हौ ?

उत्तरै-उत्तर
फेरि निरुत्तर
एकछिन विचार्दा
त्यो सङ्घर्षले
दुई तरुल भई बाँचेका छौ
स्याल भाका गर्नेहरुको
भीडमा चेपिए पनि
रौँ नसर्ने
आफ्नै अस्तित्वमा अडिग
दुई तरुलबीचको ढुङ्गा हौ !
ढुङ्गा मात्र सम्झेको छैन तिमीलाई
देशको माया बोकी बग्ने
तिमी मेची काली निर्मल गङ्गा हौ !

रचना समय र स्थान : २०५९/०९/२१, पोखरा
प्रकाशित : देश सधैँ रुने छैन, कविता सङ्ग्रह, २०५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *