राजा जनक पुरका, विद्वान सब शास्त्रका,
राज-पाठ छिमेकीले, लुटी सम्पत्ति गुमेका ।
भोक तिर्खाले ब्याकुल, भिखारी भएका उनी,
खाद्य वस्तु कहाँ होला, भन्दै डुल्दै-डुल्दै हिनी।
कसैको भतेरमा पुगी, सबैभन्दा बसे तल,
बाँडदै जाँदा सकियो, त्यसपछि पुगेन छ ।
जूठोमा फालिएको , उठाए हातमा खान,
हातैबाट लग्यो खोसी , आफूले चीलले खान ।
हाहाकार गर्दै उनी, हा हा !! चील हाहा !! भन्दै,
दौड्दा चील पछि-पछि, खसे उनी खाटबाटै ।
उठेर उनले हेर्दा, राज-पाठ यथावत् छ,
सकेनन् गर्न यकिन, यो साँचों ? वा त्यो ? साँचों छ ?
प्रश्न यो मनमा आयो, भएन नि समाधान,
राज-काज सबै छाडे, अन्न पानी पनि त्यागे ।
‘यो साँचो वा त्यो साँचों हो ? ‘ भन्दै उनी हिन्न थाले,
प्रश्नको उत्तर उनी, सबैसित सोध्न थाले ।
सकेनन् उत्तर दिन, कुनै विद्वान पण्डित,
वैद्यराज उपचार, पनि भयो खण्डित ।
आठ ठाऊँ कुब्रिएका, अष्टावक्र नाम धारी,
देखिन्थे तिनी स्वप्नका, आफू जस्तै नि भिखारी ।
थिए विद्वान पण्डित, दार्शनिक नै विश्वका,
उनैसित पनि सोधे, मनका ब्याकुल व्यथा ।
अष्टावक्र भन्दछन, ‘यो वा त्यो दुवै असत्य,
द्रिष्य जगत असत्य, मात्र ‘तिमी’ एक सत्य ।
यहाँ छैन नि त्यहाँको, यहाँको थिएन त्यहाँ
मात्र थियौ ‘तिमी’ एक, दुवै ठाऊँ यहाँ त्यहाँ
दुवै ठाऊँ ‘तिमी’ थियौ, ‘तिमी’ सत्य भने मैले,
‘तत्वमसि’ वेदसार, जान राज्ञ ! ज्ञान अहिले ।’
‘ब्रह्म सत्य जगत् मिथ्या’, विवेकानन्द भन्दछन्
महा-वाक्य वेदको जो, यसैलाई नै भन्दछन् ।
ब्रह्मद्रष्टाको सन्तान, जनकपुरको यस्तो !
मर्न-मार्न नि तयार, आज हरे ! किन यस्तो ?
सम्वत् २०७२ साल पौंष १३ सोमवार, प्रात: ५ बजे ।