कामहरु जोखेर गर्थ्यो उ
र उँचो दर्जामा पर्थ्यो उ !!
खुसिका पुलिंदा बाँडिन्थे
दुख चैं आफैमा भर्थ्यो उ !!
साथीको घाउ सुकाउन
जहल्यै अघाडी सर्थ्यो उ !!
गाँठो फुकाल्न खप्पिस थियो
न उफ्रिन्थ्यो न त झर्थ्यो उ !!
दैवले मार्न खोजेकै हो
त्यत्तिकै कसरी मर्थ्यो उ !!