छली ढाँटी चोरी गर्न सिकाएनौ गुरू बा
इमान जमान तल पर्न सिकाएनौ गुरू बा
जन सेवा देशभक्ति यही मूल मंत्र भन्यौ
आफ्नो लागि भाइ मार्न सिकाएनौ गुरू बा
जाली झेली माथि जाने सोझा हे-या हे-यै
छेपारो झैं रंग फेर्न सिकाएनौ गुरू बा
सत्यवादी इमानदारलाई नरुचाउने रैछन्
छिन छिनमा बोली बेर्न सिकाएनौ गुरू बा
सफल हुन नसके नि असल हुनु भन्थ्यौ
अंगालोको साथी सेर्न सिकाएनौ गुरू बा
http://suman24.blogspot.com/