जीवन एक अशान्त नदी
हिमाल पग्लिएर सिर्जित जिन्दगी
बग्दो छ, झर्दो छ
पहाडबाट तल तल
कान्ला कन्धरा नाग्दै
घस्रिदो छ,लम्किदो छ
धरतीको छाती कोपर्दै
किनाराका अस्तित्व लुछ्दै
बगाउँदो छ,ओसार्दो छ
मार्गमा उभिएका अस्तित्वहरुलाई
अन्ततोगत्वा समाहित गर्नेछ
आफ्नो थकित बदनलाई
भीमकाय सागरमा
जीवन एक झोक्का पवनको
सागरबाट हिमालसम्म बरालिंन्दै
गगनबाट धरतीसम्म ओरालिन्दै
बहिरहेछ पहाड र बृक्षहरुलाई ठक्कर दिदै
दौडिरहेछ दुर्गन्ध र सुगन्ध दुवै बोकेर
कहिले सु’नामी बनेर
कहिले चौतारीको शीतलता बनेर
गुडिरहेछ अनि भकुरिइरहेछ
कहिले पैयाँभित्र कोचिएर
कहिले भकु’ण्डोभित्र ठोसिएर
अन्ततोगत्वा बिसर्जित ह’नेछ
यो बहुआयामिक अदृश्य वायु
कृष्णछिद्रको दिव्य गर्भमा
जिन्दगी आगोको एक सुक्ष्म झिल्को
फैलिरहेछ बनपाखामा
अनि हाँसिरहेछ खित्का छोड्दै
कहिले भीषण डढेलो बनी
कहिले चिताको शवदाह अग्नि बनी
कहिले मुस्काइरहेछ यज्ञभित्र
पवित्र तपस्या बोकेर
अन्ततोगत्वा बिलिन ह’नेछ
गगनोन्म’ख धुवाँको रथ चढेर
जीवन एक माटोको धुलो
कहिले बताससँगै परनियन्त्रित भै बतासिन्छ
कहिले वर्षाको गोदाइले दुखित भै हतासिन्छ
कहिले हिलो भै अनि कहिले पहिरो भै
फसलसँग मुस्कराउँछ
बिनाशसँग गम्किन्छ
अन्ततोगत्वा आफू चिहान बनी
धरणीभित्र बिलिन हुन्छ
जीवन एक निराकार आकाश
असीमित अभेद्य दृश्टिप’ञ्ज
अभौतिक र भौतिक खिचडी
कहिले निधारमा ताराप’ञ्ज टाँसेर मुस्कुराउने
कहिले नीरवस्त्रमा मेदिनीलाई लोभ्याउने
कहिले धरतीलाई बज्र प्रहारले अत्याउने
अन्ततोगत्वा आफ्नो मुहार छोपेर
बादलभित्र हराउँछ
जीवन एक खुशी, एक दुख
एक पीडा, एक आनन्द
एक सुरु एक अन्त्य
कुमालेको चक्र झैँ घुमिरहने
यो पञ्चभुत जीवन
इति