Skip to content


आत्मा एक बनेछ ज्यान दुइको टाढा भएता पनि
बाच्नै कष्ठ हुँदैछ आज किन हो यो देह टाढा बनी
रम्दै त्यो हँसिलो मुहार बिचमा हाँस्दै बितेका दिन
लाखौ कोशिसले सकेन अहिले ती याद बिर्साउन ।

देख्दै झल्झल त्यो मुहार नजिकै आए सरी लाग्दछ
तिम्रै याद सदा रहेर मनमा निद्रा परै भाग्दछ
छाती माझमहा लुकेर पनि यो हाँस्दै मुना फक्रियो
निद्रा भङ्ग गरी जगाइरहने के रोगले पक्रियो

पीडा धेर भयो मुहार उनको टाढा भयो के गरी
छायाँ पर्न गएछ भित्र मुटुमा माया विना यो घरी
माग्दै आशिष देवता सँग यहाँ सन्ताप मेटाउनी
आफ्नो देह समर्पणै गरिसके त्यागी बनेको छु नि ।

स्वीकार्नै अब कष्ट भो विरहमा भौँतारिएका दिन
निष्ठूरी किन बन्नगो समय यो बुझ्नै म ता सक्तिन ।
वैरागीपन बढ्नगो हृदयमा बल्झिन्छ घाऊ सदा
साह्रै दुःख खपेर बस्दछु यहाँ पीडा छ एक्लो छँदा ।

देख्दै तस्विर आज पुस्तकमहाँ लेख्दै उनैको कथा
प्रेमी पागल झट्ट बन्न पुगियो बढ्दो छ साह्रै व्यथा ।
आऊ झट्ट तिमी विलम्ब नगरी सम्हाल यो जीवन
ठट्टा ख्याल गरी मिलेर बसुँला बाँकी रहेका दिन ।

जानुका दाहाल
जिलिङ्ग- २ वेशीथोक नुवाकोट ।

———————————————-
शार्दूलविक्रीडित छन्द म स ज स त त गु
१९ अक्षर ऽऽऽ…ऽ॥ऽ…।ऽ।ऽऽ॥ऽऽ॥ऽ १२।७ मा विराम

4 thoughts on “वेदना”

  1. The poem “BEDANA” written by
    The poem “BEDANA” written by Januka Dahal is mind blowing.
    How wonderful creation ! Sis! I really like to admire your poem because it touched my heart.

  2. Januka ji,
    Dherai ramro

    Januka ji,
    Dherai ramro kabita lekhnubhayechha, dherai dhanyabaad ra yestai arupani srijana garnako lagi subhakamana…..

  3. Ramro lagyo hajurko yo
    Ramro lagyo hajurko yo chhanda kabita

    देख्दै तस्विर आज पुस्तकमहाँ लेख्दै उनैको कथा
    प्रेमी पागल झट्ट बन्न पुगियो बढ्दो छ साह्रै व्यथा ।
    आऊ झट्ट तिमी विलम्ब नगरी सम्हाल यो जीवन
    ठट्टा ख्याल गरी मिलेर बसुँला बाँकी रहेका दिन ।

  4. जानुकाजी, कविता उत्कृष्ट छ।
    जानुकाजी, कविता उत्कृष्ट छ। आशा छ आगामी दिनमा कलम चलाउँदै जानुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *