Skip to content

दाइजोमा मलाई

  • by


दाइजोमा मलाई चम्चा पिलेट र डाडु दिने भा’छन्
गोठ पो छ कि छैन भैँसीको मलाई पाडु दिने भा’छन्

नसोच्नु तिमी सुन चाँदी र हीरा आउँछ दाइजोमा
मलाई त घरको आँगन बढार्ने झाडु दिने भा’छन्

जन्तीलाई नभन्नु पुलाउ खुवाउँछु मेरा बिहेमा त
मेरो बाबाले यहाँ ढिँडो गुन्द्रुक र पिंडालु दिने भा’छन्

झुपडीको मान्छे छानो खरको मुस्कानमात्र अधरको
काली न गोरी एउटी छोरी निकै नशालु दिने भा’छन्

चिसो मौसम रातभर स्वयम्वर पछिको कन्यादान
फर्किने बेला तीनपाने र चटनीमा आलु दिने भा’छन्

बुढीचौर- ३ मकवानपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *