Skip to content

नयाँ चित्र
झट्ट हेर्दा
चित्रपटमा मसी पोखिएझैँ छ
अर्थात् आजको वास्तविकता
कलाकारी भाषामा
सिद्धान्तविहीन चित्र
जहाँ अमूर्तताभित्र अमूर्त
अस्पष्ट नयाँ चित्र
असञ्चित भाव र रङहरूको
केवल मिश्रण भएको
चित्रपटमा मसी पोखिएपछि
बनेको दृश्य चित्र
नयाँ चित्र ।

पर क्षितिजको चौतारीमा
दोछायाँमा ङच्िच हाँसेकी चमेली
ठीक माथि छेउमै
सायद चौँरीखर्कमा
थ्याच्च बसेकी सेर्बू पनि छे
सेखै तल पटको कुनामा
पिपरागाछीमुनि फगुनीको छायाँ
लुत्रुक्क अवस्थामा
यस्तैयस्तै दृश्यहरू झल्किन्छ
मौनता साँचेर बसेका
च्याङबा, तुइचा, रामविलास…
जस्तो लाग्छ
मुखामुख गरेका
ध्यानपूर्वक केलाउँदा
चित्रपटभित्रका आकारप्रकार
केलाई हेर्दा
नयाँ चित्रमा ।

चित्रपटमा मसी पोखिएझैँ छ
पहिल्याउन कठिन भाव दृश्यहरू
सिद्धान्तविहीन शैलीका चित्रजस्ता
किरिङ मिरिङजस्ता छन्
वर्तमानको चित्र
लाग्छ रङ र भावको सिद्धान्तविहीनको चित्रपटमा
प्राकृतिकता र यथार्थ चित्रण
इन्द्रेणी रङमा मात्र हुन्छ
मूर्त, अमूर्त रूपमा चित्र बन्छ
त्यसैले यो आरम्भ नयाँ चित्र
अपरिभाषित नयाँ चित्र
वर्तमानमा
सिद्धान्तविहीन रूपको नयाँ चित्र ।

नेपाल साप्ताहिक ३६३

Leave a Reply

Your email address will not be published. Required fields are marked *