Skip to content

मलाई जस्तो पीर व्यथा


मलाई जस्तो पीर व्यथा अरु कसलाई होला,
बग्छ आँशु आँखाबाट जस्तै कालीखोला …

(बाँचे छु सँधैभरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर, मेरो ओठमा !) — २

जब साँझ ढल्ने गर्छ काली रातलाई
आँशु पुच्छ्न फुर्सद छैन मेरो यी हातलाई..

(बाँचे छु सँधैभरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर, मेरो ओठमा !) — २

आज भन्दाभोलि खुशी हुने आशमा,
परिणत भयो मेरो जीवन जिउँदै लासमा ..

(बाँचे छु सँधैभरि, चोटै चोटमा
कहिल्यै लाली छैन हजुर, मेरो ओठमा !) — २

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *