Skip to content

किन गर्यौ काम यस्तो मुटु जलाउने


किन गर्यौ काम यस्तो मुटु जलाउने
ढुंगा हानी मन्तालमा किन चलाउने

भनुँ भने तिमी आफू बिग्रेका नि हैनौ
बिगार्यौ यो मेरो मन सिँगै गलाउने

बोलाएर बाटो लाग्यौ पर्खेका चैं छैनौ
किन व्यर्थ सुतेकाको निँद् खल्बलाउने

उम्रिएन तिमीभित्र प्रीत फुलाएनौ
पर्खंदै छु ऋतुहरू मुना पलाउने

2 thoughts on “किन गर्यौ काम यस्तो मुटु जलाउने”

  1. सशक्त शब्दहरू छन् सुषमाजी!
    सशक्त शब्दहरू छन् सुषमाजी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *