Skip to content

नयाँ बर्ष

  • by


मेरो बलौटे यात्रामा
ईम्पोर्टेड नयाँ बर्ष
तिमी आउनत आयौ
निसर्त
उदास छाप्राहरूमा
आक्रान्त मनहरूबिच
रङ्गिन पछ्यौरी ओडेर
सत्ता क्रान्ति र अन्तरद्वन्द
बिसंगति
सामान्य होस्
मिसावट नहोस्
नयाँ बर्ष,
गरिबी सङ्गै
आशुको रङ्ग बोकेर
नआए हुन्छ
सम्बेदनसिल आत्माहरूबिच
मरूभूमि बनेर
रित्तो बगर
नसुसाए हुन्छ
नयाँ बर्ष,
तिखो काडा बनि
सुकुल र गुन्द्रीहरूमा
टालेको भोटो र अमिलो सितनको
नारा बनेर
बर्तमानलाई
धरौटी राख्न
नआए हुन्छ
नयाँ बर्ष,
रित्तो पेट र
नाङ्गो आङलाई
थकानको अनुभुति साट्न
सुबासहिन
काडे गुलाब बनेर
न्आए हुन्छ
नयाँ बर्ष,
रगत उम्लिएर रापिएको
अनुहार सँगै
दु:खका डोबहरू
रुवाइको रङ्ग
परेलिको ओठ्मा
चिस्याउन नपरोस
अट्ठहास हास्ने
बित्पातको मौसम
बस्तीहरूमा
लिएर नआए हुन्छ
नयाँ बर्ष ।।

बिमल गिरी
ब्रसेल ,बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *