रुंदा रुंदा आँखै रित्यो
झर्नै छाड्यो आँशु ,
हावा बिहिन बेलुन् झैं
सुक्यो जिउको मासु ।
दबाएर पीर ब्यथालाई
हांशौ भन्छ ओठ्,
बल्जिएर तड्पाइरहन्छ
चोटै माथि चोट ।
भासिएर जान्छ धर्ती
पाइला टेक्न खोज्दा,
कति मुर्छ परौ दैबा
दिलमा तिरले घोच्दा ।
शायद मेरै गल्ति थियो
मानब भइ जिउनु,
टुक्री रहने मन मुटुलाई
साहस गरि सिउनु ।
राजेश रुम्बा लामा “अतृप्त्”
nirasha badee
nirasha badee bhayo………ali aasha jodinu paryo.
“रुंदा रुंदा आँखै रित्यो” राम्रो छ!
शुभकामना!