Skip to content

२१औ शताब्दीको म भाग्यमानी

  • by


२१औ शताब्दीको म भाग्यमानी
त्यसमाथि नेपालको राजधानी
हाहाकार यहाँ, सधैँ त्राही-माम
परिचय नै हराएको म बेनाम

अपरिचित छन्, नखोज मित्र
भरोसा छैन नबस मनभित्र
स्वार्थ हरदम, व्याप्त सर्बत्र
हत्या ईमानको, सत्य अलपत्र

पर्यटकीय रुपले सुन्दर मनोरम
बिडम्बना हेर, दुर्गन्धको फोरम
नियम कानुन बडाबाटै मिचिन्छ
गरीब हेर, अबिरल थिचिन्छ

भीडमा हराउने डर, गन्तव्य छैन
मूर्खता फुल्छ, यहाँ बौद्धिकता हैन
प्रज्वलित दीपमुनि सधै अन्धकार
काठमाण्डौं नि यस्तै छ जर्जर, बर्बर

बिना तामाङ
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *