Skip to content

मुटु हातमा राखिदिन्छु !


भन्छौ भने छात्ती चिरी मुटु हातमा राखिदिन्छु !
टाउको काटी तिम्रो घरको ढोका छेउ टाँगिदिन्छु !

मेरो मायामाथि तिमीलाई अझै शंका लाग्छ भने
तिम्रो पाउँ परी तेत्तीस कोटी द्यौता भाकिदिन्छु !

भईगो-भईगो धेरै भयो शंका गर्ने बानी पनि
विश्वास तिम्लाई छैन भने, बिष पनि चाखिदिन्छु !

जति कसम खाँदा पनि विश्वास गर्न यति गाह्रो
भन्छौ भने आगो माथि सिङ्गो शरीर दागिदिन्छु !

सोझो ज्यानलाई रुवाउँदा तिमी खुशी हुन्छ भने
छैन मेरो केही भन्नु अब बाटो लागिदिन्छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *