Skip to content


बरु मेरै शिर झुकोस् झण्डा यो नुझुकोस्
बरु मेरै मुटु दुखोस् माटो यो नदुखोस्

काँधमा मैले नेपाललाई बोकी हिँड्न पाउँ
यही देशको उन्नतिको गीत मैले गाउँ
हिमाल पहाड तराईको यात्रा यो नरुकोस्
बरु मेरै मुटु दुखोस् माटो यो नदुखोस्

आँखाभरि डाँफे मुनाल बाँचेको म देखुँ
म रोएनी मेरो देश हाँसेको म देखुँ
मेची काली बगिरहोस् कहिल्यै नसुकोस्
बरु मेरै मुटु दुखोस् माटो यो नदुखोस्

किचनास-९, स्याङ्जा
मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *