Skip to content

अपूर्ण इच्छा

  • by


बिरानो यो ठाउँ
नचिनेको गाउँ
जान त जाऊँ तर जाऊँ कहाँ

बहिराको टोली
इशाराको बोली
गाउन त गाऊँ तर गाऊँ कहाँ

बस्ती र छहरा
भत्किएको टहरा
छाउन त छाऊँ तर छाऊँ कहाँ

एउटा छ लक्ष्य
जीवनमा मोक्ष्य
पाउन त पाऊँ तर पाऊँ कहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *